प्रधानमन्त्री कार्कीको मात्र शपथ, भएन मन्त्रिपरिषद् विस्तार
शपथ दिलाएसँगै राष्ट्रपति पौडेलले कार्कीलाई शुभकामना दिँदै भने, ‘देश सफल होस्, जनताले सफलता प्राप्त गरुन्
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
1.9k
Shares
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जीहरूको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ दिलाएका हुन् ।
कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेसँगै यो कीर्तिमान विश्वमै विरलै बन्ने कीर्तिमान बनाएकी छिन् ।
नेपालको संविधान अनुसार रहेर राष्ट्राध्यक्षका नाताले राष्ट्रपति पौडेलले वषम परिस्थितिको गाँठो फुकाउन राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री बनाएका हुन् ।
कार्कीको राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण भएको हो । उनलाई छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी प्रधानमन्त्री बनाइएको हो ।
शपथ दिलाएसँगै राष्ट्रपति पौडेलले कार्कीलाई शुभकामना दिँदै भने, ‘देश सफल होस् । जनताले सफलता प्राप्त गरुन् ।’
भएन मन्त्रिपरिषद् विस्तार
आज मन्त्रिपरिषद् विस्तार भएन । सबै मन्त्रालयको जिम्मेवारी अन्तरिम प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् ।
केही नाम बाहिर आएका भए पनि उनलेमात्र शपथ लिएकी हुन् ।
उनले आजै मन्त्रिमण्डल पनि विस्तार गर्ने कार्यक्रम रहेको बताइए पनि उनी एक्लैले शपथ लिइन् ।
मन्त्रिपरिषद् विस्तारपछिमात्रै उक्त मन्त्रिपरिषद्को सिफारिसपछि मात्रै संसद विघटन गरिने भएको छ ।
शीतल निवासको सानो कोठामा गरिएको शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधाीश प्रकाशमान राउत र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई रहेका थिए ।
त्यस्तै विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरु, सकारका सचिवहरु लगायत सहभागी थिए ।
त्यस्तै जेन–जी नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।