arrow

भारत भाग्दै गरेका छ कैदी नियन्त्रण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
dadeldhura_parsuram.png

बैतडी । डडेल्धुरा कारागारबाट भागेका छ कैदी बैतडीबाट समातिएका छन् ।

संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका-१ सकारबाट उनीहरुलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई/दुई र दार्चुला तथा बैतडी घर घएका एक/एक जना रहेका छन् ।

उनीहरु कर्तव्य ज्यान मुद्दा, जबर्जस्तीकरणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ । 

‘जेनजी’को प्रदर्शनका कारण बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए ।

पक्राउ परेका सबैलाई डडेल्धुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रजिअ पौडेलले बताए ।

कारागारबाट कैदी भागेपछि संयुक्त सुरक्षा टोलीले उनीहरुलाई खोज्न ‘अप्रेसन’ चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ