arrow

कक्षा १२ को मौका परीक्षा अनिश्चितकालका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
national-exam-board-sano-thimi-bhaktpur-plu-2-result.jpg

काठमाडाैँ । जेनजीको आन्दोलनले विषम परिस्थिति निम्तिएपछि कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । 

यही भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको हो ।

परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा सात दिनको समयावधि दिएपछि प्रकाशन गरिने बोर्डले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ