म्याग्दीका सबै पार्टी कार्यालयमा तोडफोड, सरकारी कार्यालय सुरक्षित
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
1.1k
Shares
तस्बिर – फाइल ।
म्याग्दी । म्याग्दीमा रहेका राजनीतिक दलका कार्यालयहरुमा मङ्गलबार तोडफोड तथा आगजनी भएको छ । जेन–जी प्रदर्शनका क्रममा बेनीमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विप्लप नेतृत्वको नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन् । आन्दोलनकारीहरुले राजनीतिक दलका शीर्ष नेताहरुविरुद्ध पनि नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए ।
यहाँस्थित सरकारी कार्यालयमा भने आक्रमण भएको छैन । मङ्गलबार दिउँसो ४ बजेदेखि सुरु भएको आन्दोलन साँझ ७ बजेतिर तितरवितर भएको थियो । प्रहरीले साँझ माइकिङ गरेर घरभित्र सुरक्षित रहन बजारबासीलाई अपील गरेका थियो ।