arrow

नेपालमा शान्ति व्यवस्था कायम राख्न भारतीय प्रधानमन्त्री मोदीको अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
modi-25-8-15.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण भएको बताउँदै शान्ति व्यवस्था कायम राख्न अपील गरेका छन् ।

नेपालको घटनाक्रमबारे विस्तृत छलफल भएको जानकारी दिँदै उनले सामाजिक सञ्जाल एक्समा मंगलबार राति लेख्दै यो अपील गरेका हुन् । 

मोदीले मंगलबार मन्त्रिपरिष्द समितिको बैठकमा नेपालको घटनाक्रमहरूबारे विस्तृत छलफल भएको बताएका हुन् ।

उनले नेपालको घटनाक्रम र धेरै युवाहरुले ज्यान गुमाउनु परेकोमा मन अत्यन्तै विचलित भएको उल्लेख गरेका छन् । 

यस्तो छ उनको मंगलबार रातिको एक्स सन्देश–
आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ