-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन्।
मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नेकपा (एमाले) सँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएकोले यो निर्णय लिइएको बताएका छन्।
विज्ञप्तिमा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ राष्ट्रिय सहमति निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
साथै, उनीहरूले जेन-जी पुस्ताका जायज मागहरू सम्बोधन गर्न पार्टीले जोड दिने प्रतिबद्धता जनाउँदै आन्दोलनलाई संयमित बनाउन पनि आग्रह गरेका छन्।