सरकारले सोमबारको घटना छानबिन गर्न समिति बनाउने, सामाजिक सञ्जाल सम्बन्धी निर्णय कायमै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
999
Shares
काठमाडौँ। सरकारले सोमबार जेन–जीको आन्दोलनमा भएको गोलीकाण्डको छानबिन गर्ने भएको छ । प्रहरीको गोली लागी १९ जनाको ज्यान गएको घटनाबारे छानबिन गर्न समिति बनाउने सरकारले निर्णय गरेको हो ।
समितिमा को को हुने भन्ने यकिन छैन । यता जेन–जीले सरकारले सामाजिक सञ्जाल बन्द गरेसँगै फिर्ता र भ्रष्टाचारविरुद्धको अभियान थालेको हो ।
यद्यपि सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने सम्बन्धी गरेको निर्णय सोमबार पनि फिर्ता लिएन । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यस बारेमा निर्णय नगरेको हो ।
यसअघि सरकारले उक्त निर्णय फिर्ता लिने संकेत गरेको थियो ।
सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसका मन्त्रीहरुले उक्त निर्णय फिर्ता लिन आग्रह गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसलाई चासो दिएनन् ।