arrow

जेन–जीले तोडफोड थालेपछि वीरगञ्जमा निषेधाज्ञा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
birjung-agitation-curfew.jpg
तस्बिर – फाइल ।

वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा राति ९ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो ।

 ‘जेन–जी’ समूहले बेलुकी वीरगञ्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार राति ९ बजेदेखि मङ्गलबार बिहान ९ः०० बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी भएको जानकारी दिए ।

 स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचोक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी निषेधाज्ञा आदेश जारी गरिएको उनले बताए । 
     
प्रजिअ सुवेदीले वीरगञ्ज आसपासमा प्रदर्शनी र आगजनीका घटना हुन थालेसँगै स्थिति नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपरेको बताए । मङ्गलबारको स्थितिलाई मध्यनजर गर्दै कर्फ्युलाई थप बढाउन सकिने बताए । जेन–जी समूहले वीरगञ्जमा साँझ टायर बालेर विरोध जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ