arrow

कोशी प्रदेशमा जेन-जीको प्रदर्शन: इटहरीमा दुईको मृत्यु, कर्फ्यू जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
itahari-genz.jpg

काठमाडौँ । जेन-जी पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनका कारण सोमबार कोशी प्रदेशका विभिन्न स्थानहरूमा तनाव बढेको छ। प्रदर्शनकारी र प्रहरीबीचको झडपमा सुनसरीको इटहरीमा दुई जनाको ज्यान गएको छ।

प्रदर्शन अराजक बन्दा प्रहरीले ठाउँ-ठाउँमा गोली समेत चलाएको थियो। इटहरी उपमहानगरपालिकाको भवनमा प्रदर्शनकारीले आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो। त्यसपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा कर्फ्यू आदेश जारी गरिसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकका साथै बिर्तामोडमा पनि प्रहरीले गोली चलाएको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेश सभा भवनअगाडि र सुनसरीको सदरमुकाम इनरुवामा समेत प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। प्रदेश सभा भवनअगाडि निषेधित क्षेत्र भए पनि प्रदर्शनकारीले त्यसको प्रवाह गरेका थिएनन्।

कोशी प्रदेशका पहाडी जिल्लाहरू इलाम र खोटाङमा पनि जेन-जी पुस्ताका युवाहरू आन्दोलनमा उत्रिएका थिए। प्रदर्शनका क्रममा उनीहरू प्रधानमन्त्री ओलीप्रति बढी आक्रोशित देखिएका छन्। देशभरि प्रदर्शन जारी नै रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ