arrow

सरकारले आज साढे आठ अर्बको ट्रेजरी बिल जारी गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
finance-ministersss.jpg

काठमाडौं । सरकारले आज (सोमबार) रु ८ अर्ब ५० करोड बराबरको निक्षेप संकलन गर्न लागेको छ। यो निक्षेप ९१ दिने ट्रेजरी बिल मार्फत संकलन गरिनेछ। चालु आर्थिक वर्षमा सरकारले कुल रु ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ, जसमध्ये ट्रेजरी बिलबाट मात्र रु १ खर्ब ३० अर्ब संकलन गर्ने योजना छ।

ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको अल्पकालीन सरकारी ऋणपत्र हो, जसको प्रयोग सरकारले आम्दानी कमजोर भएको बेला खर्च धान्न र द्रुत तरलता जुटाउनका लागि गर्छ। सरकारले बैंकहरूमा लगानीयोग्य रकम बढी भएको मौकामा आन्तरिक ऋण उठाउने क्रमलाई तीव्र बनाएको छ।

ट्रेजरी बिलहरू बोलकबोल मार्फत निष्कासन हुन्छन्। यसमा बहु-बोल मूल्य विधि प्रयोग गरिन्छ, जहाँ बोलकर्ताहरूले फरक-फरक मूल्य वा प्रतिफल प्रस्ताव गर्छन्। बजारको माग र आपूर्तिको आधारमा प्रतिफल निर्धारण गरिन्छ।

सहभागिता: नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारण नेपाली नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्छन्।

अप्रतिस्पर्धी बोल: बोल आह्वान रकमको कम्तिमा १५% रकम अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याइएको हुन्छ। तर, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले अप्रतिस्पर्धी रूपमा भाग लिन पाउँदैनन्।

ब्याजदर: यसै महिनाको १६ गते जारी गरिएको ८१ दिने ट्रेजरी बिलमा अधिकतम २.३२% र न्यूनतम २% ब्याजदरमा बोलकबोल भएको थियो। त्यस्तै, ३६४ दिने ट्रेजरी बिलमा भने अधिकतम २.६९% र न्यूनतम २.४४% ब्याजदरको बोलकबोल भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ