arrow

विकास, आर्थिक मामिला तथा सुशासन समिति

समितिले पारित गर्‍यो ‘राष्ट्रिय सदाचार नीति’ प्रतिवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
bikash-samitiss.jpg

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘राष्ट्रिय सदाचार नीति’ सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदालाई सुझावसहित पारित गरेको छ।

सोमबार बसेको समितिको बैठकमा सभापति कमलादेवी पन्तले प्रतिवेदन पारित भएको घोषणा गर्दै त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गरेकी छन्।

सभापति पन्तले प्रतिवेदनलाई राष्ट्रिय सभामा परिमार्जनसहित पेस गर्ने र आगामी संसद्मा छलफलका लागि प्रस्तुत गर्ने जानकारी दिइन्। बैठकमा गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन हस्तान्तरण गरिएको छ। पन्तले प्रधानमन्त्री कार्यालय र स्वयं प्रधानमन्त्रीले प्रतिवेदनको स्वामित्व लिनेमा आफू विश्वस्त रहेको बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ