सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनजी पुस्ताको प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
841
Shares
काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र देशमा बढ्दो भ्रष्टाचार तथा बेथितिहरूको विरोधमा जेनजी पुस्ताले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन शुरु गरेको छ।
प्रदर्शनकारी युवाहरूले भ्रष्टाचारमा संलग्नलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न यो प्रदर्शन गरिएको बताएका छन्। उनीहरूले आफ्नो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको दाबी गरेका छन्।
प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न पनि जेन-जी पुस्ताले आग्रह गरेको छ।