काठमाडौं। सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विरोधमा आज (सोमबार) काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन्।
बिहान ९ बजेदेखि सुरु भएको यो प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति लिइएको छ। सन् १९९७ देखि २०१२ भित्र जन्मेका युवाहरूको समूहलाई जेनजी पुस्ता भनिन्छ।
उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत नै आह्वान गर्दै आएका थिए।
प्रदर्शनकारीहरू बिहान ११ बजेतिर माइतीघरबाट मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम रहेको छ। जेनजी पुस्ताको यस आन्दोलनलाई केही जनप्रतिनिधि र नेताले समेत समर्थन गरेका छन्।