arrow

एमालेको विधान महाधिवेशन सम्पन्न, ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
uml-bidhan-adhibheshan.jpg

काठमाडौँ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आइतबार ललितपुरको गोदावरीमा सम्पन्न भएको छ। महाधिवेशनले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, उपाध्यक्ष विष्णु पौडेल द्वारा प्रस्तुत विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेल द्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदन पनि सर्वसम्मतिले पारित भएका छन्।

राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष ओलीले देशको स्वाभिमानमा जोड दिएका थिए। उनले नेपालले कुनै पनि देशको नाकाबन्दी नमान्ने र राष्ट्रिय स्वाभिमानमाथि हेपेको सहन नसक्ने स्पष्ट पारे।

ओलीले जेनजी पुस्ता देशभक्त रहेको र उनीहरूले कानुनको पालना गर्दै कसैको उक्साहटमा नआउने विश्वास व्यक्त गरे। सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोजेको भन्ने आरोपमा उनले सामाजिक सञ्जाल कम्पनीहरूलाई करको दायरामा ल्याउन र नेपालको कानुनअनुसार सञ्चालन गर्न खोजिएको बताए।

अध्यक्ष ओलीले एमालेले जनताको बहुदलीय जनवाद (जबज) नछोडेको र जबज नै पार्टीको पथप्रदर्शन सिद्धान्त रहेको जिकिर गरे।

महाधिवेशनले २९ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ। महाधिवेशनले विजय सुब्बाको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोगको पनि गठन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ