अतिक्रमण जग्गामा निर्मित संरचनामा महानगरको डोजर [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
560
Shares
ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ ।
आज बिहान ३ वटा डोजरसहित सो क्षेत्रमा पुगेका नगर प्रहरीले वडा नं ५ लगनखेलमा रहेको सरकारी जग्गा कित्ता नं १०५ क्षेत्रफल १७–०–०–० जग्गामा निर्माण गरिएको संरचना भत्काएको हो । नगरपालिकाले ३५ दिने सूचना टांस गरेर दिइएको समयसीमा नाघेपछि आज डोजर चलाईएको नगरप्रहरी प्रमुख सीताराम हाछेतूले जानकारी दिए ।
महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरुको संरक्षण गर्ने नीति बमोजिम सो स्थानमा रहेको न्हुः पोखरीको जिर्णोद्वार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन हुनाले सो संरचना हटाइएको हाछेतूले बताए ।