arrow

वर्तमान सरकार बुद्धिले होइन, बिचौलीको धम्कीले बनेको हो : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
prachandaas.jpg

पोखरा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बुद्धिले नभई दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको आरोप लगाएका छन्। पोखरामा आयोजित नेपाल उद्योग व्यापार महासंघको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले कांग्रेस-एमालेको सरकार डरले बनेको र आज पनि डरले नै टिकेको आरोप लगाउँदै यी दलभित्रका इमानदार नेताहरू यस्तो सरकारमा बस्नु नहुने धारणा राखे। उनले अहिले कांग्रेस र एमालेले दलाल पुँजीवाद र क्रोनी क्यापिटलिजमको प्रतिनिधित्व गरिरहेको र माओवादी केन्द्र त्यसको वैकल्पिक शक्ति भएको बताए।

प्रचण्डले आफूहरू मध्यम वर्गको प्रतिनिधि भएको बताउँदै ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान माओवादीको प्राथमिकतामा रहेको स्पष्ट पारे। उनले सहकारी क्षेत्रमा भएको ठगीमा कांग्रेस र एमालेका नेताहरू नै समस्याको जड भएको आरोपसमेत लगाए।

प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी दिए। उनले १२३ वटा माओवादी नेतृत्वका पालिकाहरू कार्यक्षमताको मूल्याङ्कनमा अगाडि रहेको र यो सफलता पार्टीको विचार र नीतिगत स्पष्टताको परिणाम भएको दाबी गरे।

उनले नेपाल उद्योग व्यापार महासंघको प्रगतिप्रति पनि सन्तोष व्यक्त गर्दै संस्थाका पदाधिकारीहरूलाई अझ बढी अध्ययन र लगनशील हुन सुझाव दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ