arrow

पर्यटक बोकेको बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
accident-final.jpg

कोलम्बो। श्रीलङ्कामा हरियो चिया बगान पहाडी सहरहरू भ्रमण गर्ने स्थानीय पर्यटकहरू बोकेको बस करिब ३०० मिटर तल झरी दुर्घटना ग्रस्त हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

राजधानीबाट करिब १३० किलोमिटर पूर्वमा रहेको पहाडी एला क्षेत्रमा बिहीबार राति बस दुर्घटना हुदाँ बसमा रहेका अन्य १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पहाडमा छुट्टी मनाएर घर फर्किरहेको समयमा बस अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको जनाइएको छ । यसअघि मे महिनामा कोटमालमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।

टापुका घुमाउरो सडकहरूका कारण श्रीलङ्कामा हरेक वर्ष औसत तीन हजार सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ