सिन्धुलीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
499
Shares
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडी नजिकै मदन भण्डारी राजमार्गमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार, विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको थियो। घटनामा भुजेलको घटनास्थलमै मृत्यु भएको हो। घाइते भएका दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
ट्रकले बाटो हिँड्ने मानिसलाई ठक्कर दिएपछि नियन्त्रण गुमाएर सडक किनारको एक घरमा ठोक्किएको थियो। जसका कारण घरको गारो भत्कनुका साथै घरमा पालिएका २० वटा पन्छीहरू पनि मरेका छन्। प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।