जनकपुर । मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेस प्रदेश सरकारले आज प्रदेशभर बिदा दिएको हो ।
मधेस प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानून मन्त्रालयका प्रदेश सचिव विमलप्रसाद बरालले एक सूचना जारी गर्दै आज मधेस प्रदेश भर सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।
२०८१ चैत्र २२ गतेको मधेस राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा बमोजिम शुक्रबार बिदा दिइएको सूचनामा उल्लेख रहेको छ ।
प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा बिदा दिइँदै आइएको छ ।