दोस्रो विश्वयुद्धको कार्यक्रममा रुस र उत्तर कोरियालाई आमन्त्रण गर्ने चीनको बचाउ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
1.7k
Shares
बेइजिङ। चीनले दोस्रो विश्वयुद्धको स्मरण गर्न आयोजित कार्यक्रममा रुस र उत्तर कोरियाका नेतालाई आमन्त्रण गर्ने आफ्नो निर्णयको बचाउ गरेको छ। चिनियाँ विदेश मन्त्रालयले यो कार्यक्रम इतिहास र शान्तिको कदर गर्नका लागि भएको स्पष्ट पारेको छ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोस्टमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकाविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका थिए।
यस विषयमा सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, "इतिहासलाई स्मरण गर्नु, शहीदको स्मृतिको कदर गर्नु, शान्तिको कदर गर्नु र भविष्य निर्माण गर्न शान्तिप्रिय देश र जनतासँग मिलेर काम गर्नु हो।" उनले चीनले कुनै पनि देशसँग कूटनीतिक सम्बन्ध विकास गर्दा तेस्रो पक्षविरुद्ध नहुने पनि स्पष्ट पारे।
यसैगरी, क्रेमलिनका एक सहयोगीले ट्रम्पको आरोपलाई मजाक मात्र भएको बताएका छन्। उनले भने, "मलाई लाग्छ यी तीनै जनाले अमेरिकाविरुद्ध षडयन्त्र रचिरहेका छन् भन्ने कुरा एक विडम्बनापूर्ण अभिव्यक्तिबाहेक अरू केही होइन।"