arrow

निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
school-sanchalak.jpg

हेटौंडा । शिक्षा प्रणालीसम्बन्धी सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन विधेयकका प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालकहरु आन्दोलित हुने भएका छन् । 

मकवानपुरसहित विभिन्न निजी विद्यालय संघ-संस्थाले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त विधेयकले निजी क्षेत्रलाई कमजोर पार्ने मात्र नभई शिक्षा क्षेत्रमा अव्यवस्था निम्त्याउने दाबी गरेका छन् । 

प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले विधेयक कार्यान्वयन भए निजी क्षेत्रको भविष्य अन्धकारमय हुने भन्दै त्यसविरुद्ध एकताबद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले निजी विद्यालयको योगदानलाई उपेक्षा गर्दै सरकारले जबर्जस्ती नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाए ।

संयुक्त आन्दोलन समितिले जारी गरेको विज्ञप्तिमा निजी क्षेत्रको भूमिका अवमूल्यन गर्ने प्रयास अस्वीकार्य रहेको उल्लेख गर्दै आवश्यक परे सडकसम्म उत्रिने चेतावनी दिएको छ । 

विज्ञप्ति एप्पसन, एपन, हिसान, नेशनल प्याब्सनलगायतका संस्थाको संयुक्त हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।

समितिले आगामी दिनमा हुने आन्दोलनलाई सफल बनाउन सबै शिक्षक, अभिभावक र सरोकारवालालाई एकताबद्ध रहन आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ