arrow

शिक्षक सेवा आयोगले प्रधानाध्यापक छान्ने प्रकियामा जानुपर्छ : अध्यक्ष सुवेदी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
laxmi-kishor-subedi.jpg

काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले स्थानीय तहका जनप्रतिनिधिले ऐन कानून विपरीत प्रधानाध्यापक नियुक्त गरेको बताएका छन् ।

बुधबार शिक्षा पत्रकार समूहको शिक्षा बहसमा उनले कानूनको नजरमा सबै नागरिक बराबर भएकाले त्यही ढंगले कानून तर्जुमा गर्नुपर्ने भन्दै शिक्षक सेवा आयोगले प्रधानाध्यापक छनोट प्रकियामा जानुपर्ने बताए ।

उनले भने, ‘एउटै अभ्यासमा एउटै फ्रेममा जानुपर्छ । संघीयता भनेको त्यसरी हामीले बुझ्न हुँदैन । कानूनको नजरमा सबै नागरिक बराबर हुन् । त्यही ढंगले कानून तर्जुमा गर्नुपर्छ भन्ने लाग्छ । अहिले त्यसमा केही सुधार आएको छ । प्रधानाध्यापक  पनि अहिले स्थानीय तहका जनप्रतिनिधिले सिनियर शिक्षकलाई निरुत्साहित गरेर एकदमै जुनियर ऐन कानूनको विपरीत प्रधानाध्यापक नियुक्त गरेको देखियो ।  त्यसैले प्रधानाध्यापक शिक्षक सेवा आयोगले छानिने प्रकियामा जाऔँ । त्यसो गर्यो भने निष्पक्ष हुन्छ । शिक्षक सेवा आयोगबाट छानिने भनेता पनि तर छानिने युनिट प्रदेश राखिदिनुपर्छ ।’

यस्तै उनले ‘अभिभावकले चुनेको अध्यक्ष अभिभावकको बाहुल्य’ आफूहरुले भनिरहेको भन्दै त्यहाँ राजनीति गर्न नमिल्ने धारणा राखे । एसएलसीको कम्पोजिसनमा पनि आफूहरुको विमति रहेको उनको भनाइ छ ।

यस्तै, शिक्षाविद् विद्यानाथ कोइरालाले आम्दानीको ६० प्रतिशत कर्मचारीलाई दिने २० प्रतिशत स्कुलको खर्चमा हाल्ने र २० प्रतिशत खल्तिमा राख्न सुझाव दिए ।

नाफाको प्रतिशत कम राख्ने मात्र हो भने पनि समस्याको समाधान सजिलै हुने उनको भनाई छ ।

‘गैर नाफामूलकलाई के गर्ने भन्ने कुरा ल्याउनुभएको छ । २०७४ सालको शिक्षा आयोगले ल्याएको प्रतिवेदन छ । त्यो २०७५ सालको शिक्षा आयोगको प्रतिवेदनमा त्यो अनुसूची टाँसिएको छ । त्यसलाई नियाल्ने हो भने ६० प्रतिशत आम्दानीको कर्मचारीलाई दिनुस् २० प्रतिशत स्कुलको खर्चमा हाल्नुस् र २० प्रतिशत खल्तीमा हाल्नुस् भनेका छौँ । नाफा कति प्रतिशत हाल्ने भनेर हेर्ने हो भने समस्याको समाधान सजिलै छ । कोही डराउनुपर्ने लाज मान्नुपर्ने अवस्था छैन । किनकी निजी र सरकारीको सहकार्य भएको छ,’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ