arrow

प्रत्यायोजित विधायन समिति

त्रिविको केन्द्रीय पुस्तकालयको अनुगमन, व्यवस्थापन सुधारको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
tu-university-1.jpg

काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको अनुगमन गरेको छ।

अनुगमनका क्रममा पुस्तकालयको व्यवस्थापन राम्रो पाइएको समितिका सदस्य युवराज शर्माले जानकारी दिए। यद्यपि, उनले पछिल्लो समय पठन संस्कृति घट्दै गएको बताए। अर्की सदस्य गोमादेवी तिमिल्सिनाले पुस्तकालय व्यवस्थित भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताइन्। उनले विशेषगरी पुराना र ढुसी लागेका पुस्तकहरूको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याइन्।

समितिले पुस्तकालयमा कर्मचारीको अभाव रहेको गुनासो आएको भन्दै त्रिभुवन विश्वविद्यालयलाई आवश्यक कर्मचारीको व्यवस्थापन गर्न आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ