arrow

दुई स्कूटर आपसमा ठोक्किँदा एकको मृत्यु, एक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
accident-final.jpg

पोखरा । तनहुँमा गएराति सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं ७ का ३२ वर्षीय विजय थापा छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका थापाको दमौलीस्थित प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका पोखरा महानगरपालिका वडा नं १७ का १९ वर्षीय प्रविण क्षेत्रीको हाल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ थर्पु बजारमा गएराति पोखराबाट दमौलीतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आइरहेको दुई स्कूटर एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

मृत र घाइते दुवै स्कूटर चालक नै भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ