arrow

बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
accident-satrakilo.jpg

पोखरा । मुग्लिन-नारायणगढ सडकखण्डमा साेमबार बिहान चितवनमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । 

नारायणगढबाट लमजुङतर्फ आउँदै गरेको ग१ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल चितवनको भरतपुर महानगरपालिका वडा नं २९ स्थित १७ किलोमा आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । 

घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।

दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका वडा नं ११ का मनबहादुर विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ