सुन-चाँदीको भाउमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
616
Shares
काठमाडाैँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको भाउ बढेर इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलामा एक हजार सात सय र चाँदी तोलामा ४५ रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि सुन आइतबार प्रतितोला दुई लाख तीन हजार छ सय रुपैयाँ र गत शुक्रबार दुई लाख छ सय रुपैयाँमा कारोबार भएको थियो । योसँगै सुनको चाउ तीन दिनमा चार हजार सात सय रुपैयाँमा बढेको हो ।
यता आज असली चाँदी प्रतितोला दुई हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला दुई हजार चार सय २५ रुपैयाँमा कारोबार भएको थियो ।