arrow

प्रदेश प्रहरीमा वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
police-karyasampadan.jpg

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। यो सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्।

सम्झौतामा चालु वर्षका प्रमुख लक्ष्य, कार्ययोजना र सेवा प्रवाह सुधारका विषयहरू समावेश गरिएको छ। डीआईजी कार्कीको नेतृत्वमा प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुख, प्रहरी तालिम केन्द्र, सशस्त्र प्रहरी गण, प्रहरी अस्पताल, विपद् व्यवस्थापन गुल्म र नेपाल पुलिस स्कुलका प्रमुखहरूले समेत यसमा हस्ताक्षर गरेका छन्।

डीआईजी कार्कीका अनुसार, यो सम्झौताले प्रहरी सेवालाई थप चुस्त, दुरुस्त र पारदर्शी बनाउनुका साथै आम नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी सुधार ल्याउनेछ। उनले यसलाई योजनाबद्ध ढंगले कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

सम्झौताअनुसार, जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायहरूले आफ्नो कामको प्रगति विवरण हरेक तीन महिनामा प्रदेश प्रहरी कार्यालयमा बुझाउनुपर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ