नाउपाको केन्द्रीय समिति बैठक शुरु, विवाद समाधान भएको दाबी [भिडियो]
बैठकमा पार्टीका संरक्षक रेशम चौधरी र उनका पक्षधरहरू सहभागी छैनन्
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
747
Shares
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यसमितिको बैठक आजबाट काठमाडौंमा सुरु भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो।
पार्टीका प्रवक्ता दामोदर पण्डितले बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको विधान संशोधन र केन्द्रीय समितिको विस्तार लगायतका विषयमा छलफल हुने जानकारी दिए। उनका अनुसार, निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै वैधानिकता दिएपछि पार्टीभित्रको विवाद समाधान भएको छ।
पण्डितले भने, "हामीले दुईपटक रञ्जितालाई कारबाही गरे पनि निर्वाचन आयोगले उनलाई नै वैधानिक अध्यक्ष मानेपछि असन्तुष्ट भन्ने कुरा रहेन।" उनले अब सन्तुष्ट वा असन्तुष्ट नभई पार्टीलाई बचाएर अगाडि बढाउनुपर्नेमा जोड दिए।
नाउपाको यो बैठक सोमबारसम्म चल्नेछ। बैठकमा पार्टीका संरक्षक रेशम चौधरी र उनका पक्षधरहरू भने सहभागी भएका छैनन्।