ताल्चा नखोलिँदा नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता कार्यक्रम अन्योलमा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
630
Shares
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम प्रज्ञा भवनमा हुने भनिए पनि, भवनको ताल्चा नखोलिदिँदा अन्योल सिर्जना भएको छ।
दुवै पार्टीका नेता तथा कार्यकर्ताहरू कार्यक्रमका लागि प्रज्ञा भवन पुगे पनि, भवनको ढोका बन्द भएको कारण कार्यक्रम सुरु हुन सकेको छैन।
एकता घोषणाको लागि दुवै पार्टीले संयुक्त रूपमा तयारी गरेका थिए र आज दिउँसो कार्यक्रम आयोजना गर्ने तय भएको थियो। तर, अन्तिम समयमा भवनको ताल्चा नखोलिँदा नेता तथा कार्यकर्ताहरू बाहिर नै पर्खिरहेका छन्।