मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच ढुंगा हानाहान
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
744
Shares
जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको छ ।
गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएपछि ढुंगा हानाहान भएको हो ।
ढुंगा हानाहान भएपछि भएको भागदौडको क्रममा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाइतहरुको नाम खुल्न बाँकी रहेको छ ।
धनुषा प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म एक दर्जन अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिन नजिकका प्रहरी चौकीहरुबाट पनि अतिरिक्त टोली परिचालन गरेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
स्थिति नियन्त्रणमा रहेको धनुषा प्रहरीले दाबी गरेपनि दुबै समुदायबीच कुनै सम्झौता भने भएको छैन । स्थानीय अझै आक्रोशित देखिएका छन् भने सो स्थानमा व्यापक प्रहरी परिचालन गरिएको छ ।