कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-२ मिलनचोकमा रहेको एक होटलबाट प्रहरीले आज ५ किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका-८ घर भई हाल धनगढीको जयराम होटल एन्ड लज रेस्टुरेन्टका सञ्चालक राम बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार, शंका लागेर होटलमा गरिएको खानतलासीका क्रममा चरेश फेला परेपछि बोहरालाई नियन्त्रणमा लिइएको हो।
यसैगरी, प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ४ ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित थप चार जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।