सुनको मूल्यले गर्यो नयाँ रेकर्ड कायम, पुग्यो तोलाको दुई लाख छ सय
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
625
Shares
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाला सुनको मूल्य तोलामा २ लाख ६०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन तोलाको १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर २ हजार ३६० रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।