-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। काठमाडौंको जडिबुटीस्थित आकाशे पुल नजिकै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपाल रहेका छन्।
प्रहरीका अनुसार लु ४३ प ४९३८ नम्बरको स्कुटर सडक किनारमा रोकिराखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।