मोदी–चिनफिङबीच अगस्ट ३१ मा भेट, सीमा विवादमा वार्ता सम्भव
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
1.8k
Shares
तस्बिर – फाइल ।
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अगस्ट ३१ मा चीनको तियानजिन शहरमा हुने एससीओ शिखर सम्मेलनको क्रममा भेटघाट हुने भएको छ ।
सन् २०२० मा गलवान झडपपछि यो दुई नेताहरूको दोस्रो औपचारिक भेट हुनेछ । मोदी र चिनफि?ले अन्तिम पटक गत वर्ष अक्टोबरमा ब्रिक्स शिखर सम्मेलनको क्रममा रूसको कजानमा भेटेका थिए । यसपछि भारत र चीन बीचको सीमा विवाद वार्तामार्फत समाधान गर्ने सहमति भएको थियो ।
यस भ्रमणमा प्रधानमन्त्री मोदीले सी बाहेक रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र धेरै मध्य एसियाली देशका नेताहरूसँग पनि भेट्नेछन् । मोदी–चिनफिङ बैठकमा सीमा विवादको बारेमा फेरि एक पटक छलफल गर्न सकिन्छ।
एससीओ शिखर सम्मेलन ३१ अगस्ट देखि १ सेप्टेम्बरसम्म चीनमा आयोजना हुँदैछ। यसमा २० भन्दा बढी देशका नेताहरूले भाग लिनेछन् ।