नेपाली राष्ट्रिय क्रिकेट टिम अस्ट्रेलियामा एकै दिन दुई टी-२० खेलमा पराजित
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
963
Shares
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियामा एकै दिन दुई टी-२० क्रिकेटमा हार बेहोरेको छ । आफ्नो चौथो अभ्यास खेलमा ३ रनले पराजित भयो । तेस्रो खेलमा बिहीबारै नेपाल तीन विकेटले पराजित भएको थियो ।
नेपालले दुवै खेल नेपाल साउथ अस्ट्रेलियासँग हारेको हो ।
चौथो खेलको नतिजा
साउथले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १६० रन बनायो । आर किंगले ३४ रन बनाएको इनिङ्समा रुपेश सिंह सिंह, करण केसी र सहाब आलमले २–२ विकेट लिए ।
जवाफमा नेपालले १५७ रनमात्र बनाउन सक्यो । रुपेश सिंहले १९ बलमा ३७, लोकेश बलले २६ बलमा ३२ तथा भिम शार्कीले २६ बलमा २९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
तेस्रो खेलको नतिजा
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४६ रन बनाएको थियो।
नेपालले दिएको एक सय ४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै भेट्टाएको थियो ।
जितका लागि एक बलमा चार रन चाहिएको अवस्थामा अन्तिम बलमा र अस्ट्रेलियाका ब्राउनले चौका प्रहार गर्दै जित दिलाए ।
साउथ अस्ट्रेलियाको लागि विन्टरले ३६ रन र हार्बीले २७ रन बनाए । नेपालका लागि सोम्पाल कामीले तीन विकेट र नन्दन यादवले दुई र रोहित पौडेलले एक विकेट लिए ।
नेपालले शनिबार साउथ अस्ट्रेलियासँगै एक दिवसीय अभ्यास खेल खेल्नेछ ।