-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा चार सय र चाँदी १० रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत साउन २३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
बुधबार प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदी आज प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।