arrow

सुनको भाउ तोलामा चार सय र चाँदीको १० रुपैयाँ बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा चार सय र चाँदी १० रुपैयाँ बढेको हो । 

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत साउन २३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । 

बुधबार प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदी आज प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ