काठमाडौँ । कलाकारहरूलाई अहिले भगवान् गणेशको मूर्ति फिनिसिङ गर्न भ्याइनभ्याइ छ । भोलि बुधबार गणेश चतुर्थी पर्व मनाइँदै छ र यस दिन गणेशको विशेष पूजा गरिन्छ ।
गणेश चतुर्थीलाई एउटा उत्सवकै रुपमा मनाइने भएकाले गणेशको मूर्तिको कारोबार ठूलो मात्रामा हुने गर्छ । यी मूर्तिहरु गणेश चतुर्थीलाई नै लक्षित गरी तयार गरिएको हो । बिघ्नहर्ताको रुपमा हिन्दू धर्मावलम्बीहरुले गणेशको पूजाआराधना गर्दछन् ।