arrow

तीजमा बढ्यो सुनचाँदीको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । स्थानीय बजारमा हरितालिका तीजका दिन आज सुन र चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा सुनको भाउमा रु १,५०० र चाँदीमा रु ५ को वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आजका लागि एक तोला सुनको मूल्य रु १ लाख ९८ हजार ७०० निर्धारण गरिएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २ हजार ३६० मा कारोबार भइरहेको छ।

सोमबार सुन प्रतितोला रु १ लाख ९७ हजार २०० र चाँदी प्रतितोला रु २ हजार ३५५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुनको मूल्य ३ हजार ३७२ अमेरिकी डलर रहेको महासङ्घले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ