arrow

संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ: सांसद सापकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
madhav-sapkota-08.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताएका छन्। उनले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो र असमानता बढाउने खालको रहेको भन्दै यसमा सुधारको खाँचो औँल्याए।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै सापकोटाले अहिले वडाध्यक्षका उम्मेदवारले पनि डेढ करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताए। उनले यो खर्चिलो प्रणाली कायम रहेमा भविष्यमा व्यवसायी र उद्योगी मात्र उम्मेदवार हुने अवस्था आउन सक्ने भन्दै सबै राजनीतिक दललाई सजग हुन आग्रह गरे।

सांसद सापकोटाले निर्वाचन प्रणालीलाई सबै जातजाति, भाषा, वर्ग, क्षेत्र र लिङ्गको समावेशितासहित पूर्ण समानुपातिक बनाउनुपर्नेमा जोड दिए। उनले अस्थिरता हटाउनका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाएर राजनीतिक दलले एकल बहुमतको सरकार चलाउन सक्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ