arrow

उखु किसान आन्दोलनमा [भिडियो]

उखुको भुक्तानी र अनुदान वृद्धिको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
ukhu-kishan-andolan.jpg

काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरू सडक आन्दोलनमा उत्रिएका छन्। नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा आइतबार किसानहरूले काठमाडौँको गौशालादेखि माइतीघरसम्म प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रेका किसानहरूले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान भुक्तानी गर्नुपर्ने माग राखेका छन्। यसैगरी, उनीहरूले उखुको मूल्य प्रतिक्वीन्टल एक हजार रुपैयाँ पुर्‍याउनुपर्ने पनि माग गरेका छन्।

किसानहरूले सरकारले दिँदै आएको अनुदान रकम प्रतिक्वीन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेको विरोधमा आन्दोलन थालेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले 'उखु किसानको अनुदान कटौती गर्न पाइँदैन', 'उखु कृषक शोषण बन्द गर', 'किसानसँग भएका सम्झौता लागू गर' लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ