arrow

भियतनामकी उपराष्ट्रपतिको यस्तो छ आजको भ्रमण तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
vetnam-uparastrapati.jpg

काठमाडौँ। नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले आज (आइतबार) नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग उच्चस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन गर्ने भएकी छिन्।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका अवसरमा भएको यो भ्रमण भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो।

आज बिहान ११ बजे काठमाडौंको होटल याक एन्ड यतिमा दुई उपराष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। यस वार्तामा व्यापार, लगानी, जलविद्युत र सांस्कृतिक सहकार्य लगायतका विषयमा छलफल हुने कार्यतालिका छ। वार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना हुनेछ।

उपराष्ट्रपति सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

नेपाल र भियतनामबीच १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि हालसम्म दुई देशको वार्षिक व्यापार १०० मिलियन डलरभन्दा कम छ। तर, तनहुँ जलविद्युत आयोजनामा भियतनामको सङ दा कर्पोरेसन र नेपालको कालिका समूहको साझेदारीले जलविद्युत क्षेत्रमा सहकार्यको ठूलो सम्भावना देखाएको छ। यो भ्रमणले दुवै देशबीच व्यापार र लगानी वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भोलि सोमबार उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुका साथै काठमाडौं र ललितपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ