arrow

ढल्केवर-जनकपुर-जटही सडकमा विद्युतीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
bijuli-myagdi.jpg
फाइल तस्बिर

जनकपुरधाम । ढल्केवर-जनकपुर-जटही ३५ किलोमिटर सडकमा रु चार करोड ३८ लाख ८९ हजारको लागतमा विद्युतीकरण भएको छ । 

सडक डिभिजन कार्यालयले सडकका दुवै किनारमा खम्बा गाड्नका साथै सौर्य प्यानल जडानका साथै अन्य विद्युतीय उपकरण जडान गरेको हो । सडक किनार विद्युतीकरणबाट वटुवालाई राति हिँडडुल गर्न सहज भएको छ । 

सडक विद्युतीकरण आयोजना पूरा भएकामा उक्त कार्यालयलाई धन्यवाद दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव रघुवीर महासेठले सडक सुरक्षा तथा पूर्वाधार निर्माणका निम्ति सरकारले प्राथमिकता दिएको बताए । 

उक्त कार्यालयका प्रमुख दरोगा साहले उनले ढल्लकेवर-जनकपुरधाम-जटहीसडक खण्डमा ‘फ्लाई ओभर’ निर्माणको योजना रहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ