arrow

गण्डकीका मुख्यमन्त्री अमेरिकामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
surendra-raj-panday-cm-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अमेरिका गएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण समारोहमा सहभागी हुन मुख्यमन्त्री पाण्डे बिहीबार अमेरिका प्रस्थान गरेका हुन् । 

मुख्यमन्त्रीले अमेरिकाको भर्जिनियामा हुने संघको १४औं वार्षिक साधारणसभाबाट निर्वाचित पदाधिकारीको पदस्थापनमा उनले शुभकामना तथा बधाई दिने कार्यक्रम छ ।

संघको २०२५-२७ का लागि हालै सम्पन्न निर्वाचनबाट सतेन्द्र के साहको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शाह अन्य तीन प्रतिस्पर्धीलाई पराजित गर्दै संघकाे अध्यक्षमा विजयी भएका हुन् ।

मुख्यमन्त्री भदौ १० गते नेपाल फर्कनेछन् । पाण्डे अमेरिका गएपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले कार्यवाहकको मुख्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ