arrow

प्रतिनिधि सभा

लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई घरेलु राजनीतिको विषय नबनाऔँ: गगन थापा [भिडियो]

सरकारलाई यस सम्बन्धमा ६ बुँदे सुझाव पठाएको भन्दै अर्का महामन्त्री विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
gagan-thapa-05-04.jpg

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारत र चीनबीचको द्विपक्षीय व्यापार सम्झौताको विषय बनाउनुलाई नेपालको आन्तरिक राजनीतिक मुद्दा बनाउन नहुने बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले नेपालको सहभागिताबिना भारत र चीनबीच भएको कुनै पनि सहमति स्वीकार्य नहुने बताए। उनले यस विषयमा उग्र राष्ट्रवाद देखाउन आवश्यक नरहेको भन्दै सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य नभएको सन्देश दुवै देशलाई दिनुपर्ने धारणा राखे।

“हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऔँ। उग्रराष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौँ,” महामन्त्री थापाले भने। उनले भारत र चीन दुवैलाई नेपालका राजनीतिक दलहरूले एउटै सन्देश दिनुपर्नेमा जोड दिँदै भने, “हाम्रो भूमिमाथि आँखा लगाउनु कुरा हामी कसैलाई पनि स्वीकार्य छैन। नेपालले यसको प्रतिवाद गर्छ।”

उनले नेपाली काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई यस सम्बन्धमा ६ बुँदे सुझाव पठाएको भन्दै सरकारको ध्यानाकर्षण गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ