arrow

नबिल बैङ्क ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ : वेस्ट बैङ्क फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
nabil-bank-all-format-logo.png

काठमाडौँ। नेपालको अग्रणी बैङ्क नबिल बैङ्क लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ वेस्ट बैङ्क फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ। युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो।

नबिलले वार्षिक रूपमा गरेका दिगो बैङ्किङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो। बैङ्कले ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको बैङ्किङ सेवा, प्रविधिको प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहल लगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैङ्कले जनाएको छ। यो अवार्डलाई बैङ्किङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताको आधारका रूपमा पनि लिइन्छ। 

नबिल बैङ्कले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडिजी)लाई आत्मसात् गर्दै आफ्नो कारोबारमा वातावरणीय, सामाजिक र सुशासन सम्बन्धित सिद्धान्त अङ्गीकार गर्दै आएको छ। नबिलले आफ्नो रणनीतिमा दिगोपनलाई एक मुख्य आधार बनाई वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा आफूलाई केन्द्रित गर्दै कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैङ्किङलाई प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ। बैङ्कका यिनै कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै नबिललाई यो अवार्डद्वारा सम्मान गरिएको हो।

युरोमनी म्यागजिन बैङ्किङ क्षेत्रको लामो अध्ययन र विश्लेषणका आधारमा बैङ्कलाई सम्मान गरेको हो। बैङ्कले यसअघि सन् २०१०, सन् २०२०, सन् २०२१, सन् २०२२ र सन् २०२४ मा विभिन्न विधामा यूरोमनी अवार्ड फर एक्सिलेन्स अवार्डबाट सम्मानित भइसकेको छ। 

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो। नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ