arrow

जनतालाई सेवा दिने कुरामा ढुलासुस्ती गर्नु हुँदैन : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
kamal-bahadur-shah-sudurpashchim-province.jpg
फाइल तस्बिर

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानअन्तर्गतका ऐन नियम पालना गर्नु अनिवार्य सर्त भएको बताएका छन् ।

जिल्ला समन्वय समितिले धनगढीमा आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा एवं स्थानीय तहको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा उनले प्रदेश निजामती ऐन र स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐनलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

सुधारका प्रयास र प्रयत्न गर्दागर्दै साना अवरोध आउने स्थिति भए पनि जनतालाई सेवा दिने कुरामा ढुलासुस्ती गर्नु नहुनेमा मुख्यमन्त्रीको भनाइ छ । 

प्रदेश सरकारले प्रदेश निजामती ऐन र स्थानीय सेवा सञ्चालनसम्बन्धी जारी गरेकै कारण कर्मचारीहरूको वृद्धि विकास भएको उनले बताए । मुख्यमन्त्रीले भने, “ऐनमा केही समस्या भए प्रदेश सरकार संशोधनका तयार छ ।”  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ