काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५, केराघारी नजिक ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेल रहेका छन्।
पाँचखालस्थित इलाका प्रहरी कार्यालयका अनुसार, काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले पाँचखालतर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई तत्काल धुलिखेल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।