गण्डकी प्राविधिक शिक्षालयलाई दक्षिण कोरियाको एक अर्ब २५ करोड अनुदान
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
745
Shares
काठमाडौँ । दक्षिण कोरिया सरकारले नेपाललाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि १ अर्ब २५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।
अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका अनुसार, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम छ।