युक्रेनको सुरक्षा ग्यारेन्टीमा ट्रम्प र युरोपेली नेताहरूसँग महत्त्वपूर्ण वार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
1.4k
Shares
तस्बिर फाइल
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज ह्वाइट हाउसमा बहुपक्षीय वार्ता गरेका छन्।
यस वार्तामा नेटोका महासचिव मार्क रुट, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फिनिस राष्ट्रपति अलेक्ज्याण्डर स्टब, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन लगायतका सात युरोपेली नेताहरू पनि सहभागी थिए।
ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका लागि सुरक्षा ग्यारेन्टीहरू स्वीकार गर्न सहमत भएको जानकारी दिए। यसअघि शुक्रबार ट्रम्प र पुटिनबीच अमेरिकाको अलास्कामा करिब तीन घण्टा लामो भेटवार्ता भएको थियो।
जेलेन्स्कीले सुरक्षाको विषयमा अमेरिकाले बलियो संकेत दिनुपर्नेमा जोड दिँदै ट्रम्प, पुटिन र आफूबीच सम्भावित त्रिपक्षीय बैठकमा सहभागी हुन पाउँदा युक्रेन खुसी हुने बताए। ट्रम्पले यस्तो बैठक छिटोभन्दा छिटो आयोजना गरिनुपर्ने आवश्यकतामा जोड दिए। युरोपेली नेताहरूले पनि युद्धविरामको विचारलाई समर्थन गर्दै युक्रेनको सुरक्षा ग्यारेन्टीमा केही प्रगति हुने सम्भावना व्यक्त गरेका छन्।